काठमाडौँ, चैत २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्नुहुने भएको छ । नेपालको संविधानको धारा ९५ को व्यवस्था बमोजिम राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ । प्रतिनिधि सभाको निर्वाचनपछि सङ्घीय संसद्को संयुक्त बैठक बस्न लागेको पहिलो पटक हो ।
संविधानको धारा ९५(२) ले राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था गरेको छ ।
सङ्घीय संसद् सचिवालयले राष्ट्रपतिले सम्बोधन गर्ने बैठकको दिन २:४५ बजेभित्र उपस्थित भइसक्न सदस्यहरूलाई सूचितसमेत गरिसकेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
