काठमाडौँ, चैत २६ गते । परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा मरिससको राजधानी लुइसमा भोलिदेखि आयोजना हुने नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ शीर्षक यही चैत २७ र २८ गते हुने उक्त सम्मेलन मरिसस सरकारसँगको सहकार्यमा इन्डिया फाउन्डेसनले आयोजना गर्न लागेको हो ।
सम्मेलनमा परराष्ट्र मन्त्री खनालले नेपालको राष्ट्रिय धारणा प्रस्तुत गर्नेछन्। उनले हिन्द महासागर क्षेत्रको शासन, पहाड-महासागर पारिस्थितिक सम्बन्ध तथा आर्थिक विकासका लागि समुद्री सम्पर्कको महत्वका विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री खनालले विभिन्न देशका आफ्ना समकक्षीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । मन्त्री खनाल यही चैत ३० गते स्वदेश फर्किने कार्यक्रम छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
