04/09/2026, 15:13:22
बिहिबार, चैत २६, २०८२

‘अनलाइन’बाट मतदाता नाम दर्ता


तनहुँ, चैत २६ गते । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुन: सुरु गरिएको छ ।

राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले भने, “आवेदन दिनेमध्ये करिब ९० प्रतिशतले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाटै नाम दर्ता गराएका छन् ।”

हालसम्म राष्ट्रिय परिचयपत्रबाट ४१९ जना र कार्यालयमा आई ५५ जना गरी ४६४ जनाले मतदाता नामावलीमा दर्ता गरेका छन् ।

यसैबीच दुवै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ का १६ र २ का ११ गरी कूल २७ जना उम्मेदवारले खर्च विवरण बुझाएको हुन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..