काठमाडौं, चैत २४ गते । नेकपा एमालेका नेता समिक बडालले सरकारले प्रतिशोधपूर्ण ढंगले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहम्नत्री रमेश लेखकलाई गिरफ्तार गरेपनि न्यायालयले न्याय दिएको बताएका छन् । मंगलबार नेपाली बहसका लागि पत्रकार खेम बमसँग कुराकानी गर्दै बडालले सो कुरा बताएका हुन् ।
‘अदालतको फैसलाप्रति सम्मान छ । अदालतले सो गिरफ्तारी प्रतिशोधपूर्ण छ भन्नेकुरा गर्दै ओलीको पक्षमा परमादेश जारी गरेको अवस्था छ । अदालतको सो आदेशले वर्तमान सरकारले हाम्रा पार्टी अध्यक्षप्रति प्रतिशोध साँधेको कुरा पुष्टि गरेको छ । यस्तो गिरफ्तारीलाई अदालतले सच्याईदिएको कुरा इतिहासमा पनि दर्ज भएको छ’ उनले भने ।
नेता बडालले ओली लेखक पक्राउप्रति पार्टीले तय गरेका सडक आन्दोलनका कार्यक्रमको स्वरुप बदल्ने पनि बताएका छन् । अव आन्दोलनको रुपमा भन्दा पनि अभियानको रुपमा जनताको बीचमा एमाले पुग्ने बताए । जनताले आफ्नो पार्टीलाई अपेक्षा गरेअनुसारको विश्वास नगरेको स्वीकार गर्दै बडालले अव जरातहदेखि नै अभियान सञ्चालन गर्ने बताएका छन् । एमालेले गर्ने सवै प्रकारका आन्दोलन र खबरदारी पूर्ण रुपमा शान्तिपूर्ण हुने उनको भनाई छ । नेता बडालले एमालेको संयमतालाई कमजोरी सोचे सरकारले गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी समेत दिए ।
सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई भदौं २३ को घटना छानबिन गर्न गठित गौंरी बहखुर कार्कि नेतृतत्वको छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ गरेपछि एमाले सडक आन्दोलमा रहेको छ । सोमबार ओली र लेखकका तर्फबाट सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणको रीटमाथि सुनुवाई गर्दै अदालतले अव म्याद नथप्न र बिहीबारसम्ममा ओली लेखकलाई छाड्न परमादेश जारी गरेको थियो । न्यायाधीशद्धय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले ओली र लेखकको पक्षमा फैसला जारी गरेको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
