काठमाडौँ, चैत २३ गते । विभागीय टोली आर्मी र एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार जित निकालेका छन् ।
वीरगन्जमा भएको खेलमा अर्जुन साउदको एक सय २१ रनको शतकीय सहयोगमा आर्मीले कर्णाली प्रदेशलाई एक सय ३८ रनले हरायो । यस्तै जनकपुरमा भएको अर्को खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ४५ रनले हरायो ।
वीरगन्जमा जितका लागि दुई सय ६९ रनको लक्ष्य पछ्याएको कर्णाली ४२.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३० रनमा समेटिएको थियो । जितसँगै शीर्षस्थानमा रहेको आर्मीले ६ खेलबाट ११ अङ्क बनाएको छ । पराजित कर्णालीको सात खेलबाट तीन अङ्क छ ।
यस्तै जनकपुरमा जितका लागि एपिएफले दिएको दुई सय ६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४६.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १४ रनमा समेटिएको थियो । जितसँगै एपिएफले सात खेलबाट सात नै अङ्क बनाएको छ । पराजित सुदूरपश्चिम समान खेलबाट १० अङ्क जोड्लै दोस्रो स्थानमा छ ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लबसहित सात सात प्रदेश गरी १० टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेता टोलीले पाँच लाख रुपियाँ पुरस्कार पाउने छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
