05/31/2026, 21:08:00
आइतबार, जेठ १७, २०८३

राष्ट्रिय सभा उपाध्यक्षमा लीलाकुमारी भण्डारी निर्वाचित


काठमाडौँ, चैत २३ गते  । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्।

भण्डारीलाई आज बसेको राष्ट्रिय सभाको बैठकले उपाध्यक्षमा निर्वाचित घोषणा गरेको हो।

 

राष्ट्रिय भामा सहभागी रहेका दलहरुबीचको सहमति अनुसार नै उपाध्यक्षमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो। उनको प्रस्तावकमा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल हुन्।

समर्थकमा नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह गरिमा रहेका थिए।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..