04/08/2026, 00:03:37
मङ्गलबार, चैत २४, २०८२

संसद सञ्चालनमा सहमति खोज्दै रास्वपा, दलहरूसँग संवाद सुरु


काठमाडौँ, चैत २० गते । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रतिनिधि सभाको कार्य सञ्चालनलाई प्रभावकारी र मर्यादित बनाउन विभिन्न राजनीतिक दलहरूसँग संवाद प्रक्रिया अघि बढाइएको बताएका छन्।

संसद सचिवालय, सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सदनलाई व्यवस्थित र सन्तुलित रूपमा सञ्चालन गर्न बहुदलीय विश्वास आवश्यक हुने उल्लेख गरेका हुन्। यही उद्देश्यले सबै दलसँग परामर्श र सहकार्यको पहल सुरु गरिएको उनको भनाइ छ।

 

संविधान संशोधनको विषयलाई पनि दलहरूले प्राथमिकतामा राखेको सन्दर्भमा उनले प्रारम्भिक छलफलका लागि प्रस्ताव समिति गठन गरिएको जानकारी दिए। उक्त समितिबाट एजेण्डा तय भएपछि त्यसलाई आधार मानेर अन्य राजनीतिक शक्तिहरूसँग थप संवाद अघि बढाइने उनले स्पष्ट पारेका छन्।

संसदीय प्रक्रियालाई सुदृढ बनाउने र आवश्यक सुधारका विषयमा सहमति निर्माण गर्ने लक्ष्यसहित संवादलाई निरन्तरता दिइने संकेत उनले दिएका छन्।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..