वासुलिङ (बैतडी), चैत १८ गते । बैतडीको महाकाली नदीमा एक पुरुष बगेर बेपत्ता भएका छन् भने अर्की महिला मृत फेला परेकी छन्। पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता हुनुभएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूका अनुसार चन्द मङ्गलबार बिहान करिब ११ः३० बजे नदीमा बगेर बेपत्ता हुनुभएको हो। उहाँको खोजी कार्य जारी रहेको भए पनि हालसम्म अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।
यसैबिच, सोही क्षेत्रमा ५१ वर्षीया बिन्दुदेवी साउ पञ्चेश्वर गाउँपालिका–१ डुग्रीखान निवासी मृत अवस्थामा फेला पर्नुभएको छ। उहाँका अनुसार साउ चैत ११ गतेदेखि हराइरहनुभएको थियो। उहाँको शव सोमबार साँझ करिब ५ बजे पञ्चेश्वर–२ डिम्बरघाट नजिक फेला परेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
