काठमाडौँ, चैत १५ गते । गृहमन्त्री सुधन गुरुङले निवासबाट बरामद भएको रकमको अनुसन्धानका लागि दीपक खड्कालाई पक्राउ गरेको बताएका छन् ।
पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्का आइतबार बिहान पक्राउ परेका हुन् । यसबारे फेसबुकमार्फत गृहमन्त्री गुरुङले जानकारी दिदैँ लेखेका छन्, ‘पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको छ।’
जेनजेड आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गर्दा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सार्वजनिक भएको थियो ।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!
