04/05/2026, 21:51:09
आइतबार, चैत २२, २०८२

जम्मु कश्मीरमा हिम-पहिरो, सात जनाको मृत्यु


नयाँदिल्ली, चैत १४ गते । जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम-पहिरो जाँदा कम्तिमा सात जनाको मृत्यु हुनुका साथै र पाँच जना घाइते भएको स्थानीय अधिकारीले शनिबार पुष्टि गरेका छन् ।

प्राकृतिक प्रकोपपछि धेरै सवारी साधन भग्नावशेष मुनि फसेको जनाउँदै दुर्घटनापछि हालसम्म राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको मिडियाले रिपोर्ट गरेका छन् । पछिल्लो मिडिया रिपोर्टका अनुसार शवको बरामद र घाइतेको उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएसँगै उद्धार कार्य सम्पन्न भइसकेको जनाइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..