काठमाडौँ, चैत १३ गते । राष्ट्रपति कार्यालय, शीतल निवासमा सम्पन्न पद तथा गोपनीयताको शपथ कार्यक्रमपछि नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई विभिन्न राजनीतिक दलका नेताहरूले बधाई दिएका छन्।
सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री साहलाई व्यक्तिगत रूपमा बधाई दिँदै शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम स्थलमै उनीहरुबीच आत्मीयता प्रकट गरिएको दृश्य देखिएको थियो।
प्रधानमन्त्री साह सोही दलका वरिष्ठ नेताका रूपमा रहँदै आएका छन्। शपथपछिको उक्त समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले पनि नवनियुक्त प्रधानमन्त्रीलाई बधाई ज्ञापन गरेका थिए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
