काठमाडौँ, चैत ५ गते । लामो समय विवाद गुट र फुट झेल्दै आएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले यस पटक भने नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । राजधानीमा सम्पन्न एनआरएनए नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशनले सङ्घको अध्यक्षमा डा. हेमराज शर्मा (युके) सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रोविनप्रसाद शेरचन (जापान) चयन हुनुभएको छ ।
यस्तै उपाध्यक्षमा रोशन थापा (जाम्बिया), बुद्धि सुवेदी (अमेरिका), चिन्तामणि सापकोटा (स्पेन), ददिवाल खड्का (जापान), दिनेश पोखरेल (अस्ट्रेलिया), गोपीकृष्ण काफ्ले (क्यानडा), डा. ज्ञानेन्द्र रेग्मी (अस्ट्रेलिया), जुनु गुरुङ (दक्षिण कोरिया), कमलमणि गुरागाईं (कतार), खगेन्द्र न्यौपाने (मलेसिया), लोकप्रसाद दाहाल (बेल्जियम), महेन्द्र ओली (अस्ट्रेलिया), मनोजकुमार श्रेष्ठ (युएई), प्रवीण गुरुङ (कतार), पूर्णचन्द्र बनियाँ (अमेरिका), रविनराज वज्राचार्य (अमेरिका), रामशरण सिम्खडा (युके), रोजिना प्रधान राई (युके र टङ्कप्रसाद गैरे (जापान) तिलक गैरे (पोर्चुगल), विश्वदीप तिगिला (युके) सर्वसम्मत चयन हुनुभएको जनाइएको छ ।
सङ्घको महिला उपाध्यक्षमा राधिका गुरुङ (हङकङ) तथा युवा उपाध्यक्षमा भीमसेन थापा (पोर्चुगल) निर्विरोध चयन हुनुभएको छ ।
महासचिवमा डा. चिरञ्जीवी खड्का (चेक गणतन्त्र) तथा उपमहासचिवमा अनुजा प्रधान (बेल्जियम), बेदराज बस्नेत (अमेरिका), दिनेशकुमार घिमिरे (युके), पारसमणि पोखरेल (जापान), राजेन्द्र अर्याल (साउदी अरेबिया), मोहम्मद मुक्तदा (कतार) स्वतन्त्रप्रताप शाह (अस्ट्रेलिया) निर्विरोध निर्वचित हुनुभएको एनआरएनएले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
