काठमाडौँ, ४ चैत, गते । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय खोटङका डीएसपी प्रकाश बुढाथोकीले दुर्घटना भएको बताए । उनले दुर्घटनामा काजीबहादुर राई घाइते भएको बताए । खार्तम्छा बालाबेँसीमा हेलिकप्टर अवतरणको क्रममा दुर्घटना भएको हो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए ।
केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको उनले बताए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
