काठमाडौं, चैत २ गते । सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्लेबाट दुई बालबालिकासहित एक महिला सम्पर्कविहीन भएकी छन् । प्रहरीका अनुसार गुर्भाकोट–१२ पिप्ले बस्ने ३८ वर्षीया आमा माया कठायत आफ्नी ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षीय छोरा दिपक कठायतसहित आइतबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन्। उनी एकाएक घरबाट सम्पर्कविहीन भएपछि प्रहरी र स्थानीयले खोजी अभियान सुरु गरेका छन्।
माया कठायतका श्रीमान् ३७ वर्षीय भूपेन्द्र कठायतले आइतबार साँझ प्रहरी चौकी गुमीमा जानकारी गराएपछि आज बिहानैदेखि भेरी किनारमा खोजी कार्य तीव्र बनाइएको छ। प्रहरी, वडाका वडाध्यक्ष र स्थानीयको सहभागितामा खोजतलास गर्ने क्रममा उनीहरूको घरदेखि करिब ३ किलोमिटर टाढा रहेको भेरी नदीको किनारमा माया कठायतले प्रयोग गर्ने झोला, सल, चप्पल तथा एक थान मोबाइल फोन फेला परेको प्रहरीले जनाएको छ। तर, हालसम्म माया कठायत र उनका दुई सन्तानको अवस्था पत्ता लाग्न सकेको छैन।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
