काठमाडौँ, फागुन २९ गते। आजदेखि बजारमा आधा सिलिन्डरमात्र ग्यास पाइने भएको छ ।
नेपाल आयल निगमले आजदेखि ग्यास सिलिन्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।
मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थमा विश्वव्यापी आपूर्ति अवरोध देखाउँदै पछिल्लो समय ग्यास अभाव हुन थालेको थियो ।
निगमले माग अनुरूप नै नियमित रूपमा ग्यास आपूर्ति गरिरहेको भए पनि माग उच्च देखिएको बताउँदै शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी वितरण गर्ने निर्णय गरेको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
