04/07/2026, 16:08:34
मङ्गलबार, चैत २४, २०८२

ग्यास अभावको डरले उपभोक्ता त्रसित, बालाजुमा सिलिन्डरसहित सयौँको लाइन


काठमाडौं, फागुन २८ गते ।  पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय विकसित अवस्थाका कारण पेट्रोलियम पदार्थ र ग्यासको विश्वव्यापी अभाव देखिन थालेको छ । छिमेकी देश भारत, बङ्गलादेश र पाकिस्तानजस्ता देशमा पेट्रोलिय पदार्थ र ग्यासको अभाव देखिसकेको छ भने नेपालमा पनि यसको  प्रभाव देखिन थालेको छ ।

नेपाल आयल निगमले पेट्रोल तथा ग्यासको अभाव नरहेको बताउँदै आए पनि ग्यास बिक्री डिपोहरूले कृत्रिम अभाव सिर्जना गरेको अवस्थामा बालाजु औद्योगिक क्षेत्रभित्रको नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिनको लागि सयौँको लाइन देखिन थालेको छ ।

बाहिरको ग्यास डिपोहरूमा अभाव देखिएको कारण सिलिन्डर बोकेर बालाजु आउन परेको उनीहरूको भनाइ छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..