कल्याणपुर (सप्तरी) फागुन २१ गते । सप्तरी कारागार कार्यालय राजविराजमा मतदान सकिएको छ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा ६८ जना कैदीबन्दीले मतदान गरेका हुन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयार पारेको अस्थायी मतदाता नामाबली अनुसार कारागारमा ६९ जना कैदीबन्दीको नाम रहेकोमा ६६ जनाले मतदान समानुपातिक तर्फ गरेको मतदान अधिकृत उमेश कुमार अर्यालले जानकारी दिनुभयो ।
कारागारमा कुल ६९ कैदीबन्दी र चार कर्मचारी गरी ७३ जना मतदाता रहनुभएको थियो । ६९ कैदीबन्दीमध्ये दुई जना कैद सजाय भुक्तान गरी जेलमुक्त भएको र एक जनाको स्थान्तरण भएकाले ६६ जनाले मतदान गरेको निमित्त जेलर सुशिल कर्णले बताउनुभयो । यस्तै कर्मचारी तर्फ दुई जना गरी कुल ६८ मत खसेको उहाँले जानकारी दिनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
