04/06/2026, 15:51:59
सोमबार, चैत २३, २०८२

गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु


भरतपुर, पुस २२ गते । चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

सोमबार अपराह्न चितवनको भरतपुर महानगरपालिका १२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक घाँस दाउरा काट्न गएका बेला सोही स्थानका ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैँडाले आक्रमण गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार निजको घटनास्थलमै मृत्यु भएको हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..