08/21/2026, 11:29:34
शुक्रबार, भदौ ०५, २०८३

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस


काठमाडौँ, मङ्सिर २८ :राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।

प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा पुगेर आइतबार वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार नेपालको संविधानको धारा २६६ उपधारा (३) बमोजिम प्रधानमन्त्री कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१ ०८२ को वार्षिक प्रतिवेदन पेस गर्नु भएको हो ।