

ब्युनर्स आयर्स १० असोज (सेतोप्रेस) :
फुटबलका जीवित दन्तकथा लियोनेल मेस्सीले आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल आगामी अक्टोबर ६, २०२६ मा खेल्ने भएका छन्। उनको यो ऐतिहासिक बिदाइ खेल (Farewell Friendly) ब्युनर्स आयर्सको प्रतिष्ठित ‘एस्टाडियो मोनुमेन्टल’ रंगशालामा बेनिनविरुद्ध हुनेछ।
यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरिसकेका मेस्सीको यो खेल उनको कीर्तिमानीपूर्ण अन्तर्राष्ट्रिय करियरको औपचारिक अन्त्य हुनेछ। अर्जेन्टिनाको राष्ट्रिय जर्सीमा उनको यो अन्तिम उपस्थिति हुनेछ।
यस विशेष अवसरमा मेस्सीले एडिडास (Adidas) ले उनकै लागि तयार पारेको विशेष ‘कमेमोरेटिभ’ (स्मृति) जर्सी लगाउने भएका छन्। ‘टाइम्स अफ इन्डिया’ र ‘गोल’ लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेस्सीले यस खेलअघि एक भावुक सन्देश समेत जारी गरेका छन्, जसमा उनले अर्जेन्टिना र आफ्ना समर्थकप्रतिको माया र सम्मान प्रकट गरेका छन्।
लाखौं फुटबल प्रेमीको ढुकढुकी रहेका मेस्सीको यो अन्तिम खेल हेर्न विश्वभरका फुटबल समर्थकहरू आतुर छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























