

इलाम, साउन ३० गते । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशका सबै जातजातिको भाषा, धर्म र संस्कृतिको समान रूपमा संरक्षण तथा संवर्द्धन गरिनुपर्ने बताउनुभएको छ।
इलामको सूर्योदय नगरपालिका–१० स्थित फिक्कलमा शनिबारदेखि सुरु भएको एमाले निकट जनसङ्गठन ‘लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ’ को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको अधिकारका सवालमा एमाले पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले सबै जातजातिको भाषा, संस्कृति र परम्पराको प्रवर्द्धन गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।
आफ्नो वक्तव्यका क्रममा अध्यक्ष ओलीले एमालेले विगतदेखि नै समावेशी लोकतन्त्र, सामाजिक न्याय, समान अवसर र अधिकारको सशक्त वकालत गर्दै आएको दाबी गर्नुभयो। विगतका अस्तित्व र ऐतिहासिक दस्तावेजहरूलाई कसैले नष्ट गर्न नहुनेमा जोड दिँदै उहाँले आफ्नो पार्टीले सरकार सञ्चालन गर्दा थुप्रै जनपक्षीय कामहरू गरे पनि ‘एमालेले केही गरेन‘ भन्ने भ्रामक भाष्य सिर्जना गर्न खोजिएको आरोप लगाउनुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























