

काठमाडौँ, साउन २७ गते । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन र समसामयिक राजनीतिक विषयमा सहकार्य गर्न नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बिच दुई बुँदे सहमति भएको छ।
बुधबार तीन दलका शीर्ष नेताबिच भएको छलफलपछि एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले उक्त सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो।


सहमति अनुसार तीनै दलले लुम्बिनी प्रदेश सरकार गठन र प्रदेशको विकास निर्माणका कार्यमा एकापसमा सहकार्य गर्नेछन्। यसका साथै, राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको रक्षा गर्दै प्रतिगमनका विरुद्ध आन्दोलनमा समेत संयुक्त रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाइएको छ। यो सहमतिसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको ढोका खुलेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























