06/25/2026, 09:06:26
बिहिबार, असार ११, २०८३

रास्वपाको प्रथम महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदान जारी


चितवन, असार ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ । गएरातिदेखि पार्टीको नयाँ पदाधिकारी तथा केन्द्रीय सदस्य चयनका लागि मतदान प्रक्रिया सुरु गरिएको हो ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार आज दिउँसो १२:०० बजेसम्म पहिलो चरणको मतदान हुने कार्यतालिका रहेको छ । हालसम्म करिब १,६०० भन्दा बढी प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् ।

उम्मेदवारी सम्बन्धी विवरण:

कुल केन्द्रीय सदस्य पद: ९९ जना
कुल उम्मेदवार: ३८४ जना
खुलातर्फ: ६४ पदका लागि २१० जनाको उम्मेदवारी
भूगोलतर्फ: ३५ पद (प्रत्येक प्रदेशबाट ५ जना) का लागि १७४ जनाको उम्मेदवारी

प्रदेशगत उम्मेदवार संख्या:

सुदूरपश्चिम प्रदेश: १८ जना
मधेस प्रदेश: २० जना
कोशी प्रदेश: २० जना
बागमती प्रदेश: २७ जना
गण्डकी प्रदेश: २७ जना
लुम्बिनी प्रदेश: ३१ जना
कर्णाली प्रदेश: ३१ जना

निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा मतदान भइरहेको छ । पहिलो चरणको मतदान सकिएको दुई घण्टाभित्र मतपरिणाम घोषणा गरिने र त्यसलगत्तै दोस्रो चरणको मतदान सुरु हुनेछ । दोस्रो चरणमा प्रतिनिधिहरूले पार्टीका प्रमुख पदाधिकारीहरूका लागि मतदान गर्नेछन् ।