काठमाडौँ, जेठ १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक भएको छ ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले पार्टीको जेठ ६ गते बुधबार केन्द्रीय निर्वाचन आयोगको निर्णय अनुसार उक्त कार्यतालिका स्वीकृत भएको जानकारी दिनुभयो ।
उक्त कार्यतालिका अनुसार निर्वाचन समिति गठन, प्रतिनिधि नामावली पेस, अधिवेशन प्रतिवेदन सङ्कलन लगायतका सबै कार्यहरु जेठ ७ गते बिहीबार सुरु भइ निर्धारित समयभित्र सम्पन्न गरिने उहाँको भनाइ छ ।
उहाँका अनुसार जेठ ७ देखि १५ गतेसम्म ७७ जिल्ला तथा सात प्रदेशमा निर्वाचन समिति गठन, आधिकारिक परिपत्र तथा माइन्युट प्रतिनिधि पठाउने जेठ १० गतेसम्म, स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन सङ्कलन जेठ २० गतेसम्म, जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेस गर्ने समय जेठ ३० गतेसम्म निर्धारण भएको छ ।
यसैगरी, जेठ २५ गतेसम्म महाधिवेशन प्रतिनिधिको नामावली पेस गर्ने, असार ५ गतेसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेस गर्ने र असार ५ गतेसम्म नै इलेक्ट्रिक भोटिङ मेसिन (ईभीएम) सम्बन्धी छलफल गर्ने कार्यतालिका तय भएको छ ।


उहाँले पहिलो राष्ट्रिय महाधिवेशनका लागि तहगतरुपमा तलदेखि माथिसम्मको प्रक्रिया अनुसार वडा, पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय महाधिवेशन हुने बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















































