05/22/2026, 14:35:51
शुक्रबार, जेठ ०८, २०८३

एमाले सचिवालय बैठक सुरू, कार्यविभाजन र जिम्मेवारी बाँडफाँटलाई अन्तिम रूप दिइँदै


काठमाडौँ, जेठ ८ गते । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा केही बेरअघि बैठक सुरू भएको हो । पार्टीका नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनका लागि यो बैठक बोलाइएको हो ।

गत जेठ ५ गतेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको कार्यविभाजनसम्बन्धी प्रस्तावमाथि छलफल गरी आज त्यसलाई टुङ्ग्याउने तयारी रहेको छ ।

बैठकले पारित गरेको कार्यविभाजनलाई अन्तर पार्टी निर्देशन (अपानि) मार्फत मातहतका कमिटी र सम्बन्धित नेताहरूलाई पठाइने एमालेले जनाएको छ । ११ औँ महाधिवेशनपश्चात यसअघि नेताहरूको अस्थायी कार्यविभाजन मात्र गरिएको थियो ।

आगामी स्थानीय तहको निर्वाचनलाई मुख्य लक्ष्य बनाएर एमालेले यसपटक नेताहरूलाई नयाँ ढङ्गले जिम्मेवारी सुम्पिन लागेको हो ।

– न्युज एजेन्सी नेपाल