05/10/2026, 09:58:09
आइतबार, बैशाख २७, २०८३

‘चलचित्र मेरो पनि कथा हो’


काठमाडौँ, वैशाख २७ गते । चलचित्र ‘लालीबजार’ बादी समुदायका महिलाको कथा भएकै कारण समुदायलाई कसरी प्रस्तुत गरिएको छ भन्ने विषयले चर्चा पायो । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काले बादी महिलाको भूमिका निर्वाह गर्नुभएको छ । शासकको शोषणमा परेकी एक आमाले आफ्नो सन्तानलाई शिक्षा ज्योति दिन गरेको सङ्घर्ष नै चलचित्रको मूल कथा हो ।

चलचित्र हेरिसकेपछि बादी समुदायका अभियन्ताले तारिफ गरेका छन् । चलचित्रको विषयवस्तुको तारिफ गर्दै आमाको सङ्घर्षलाई ठुलो पर्दामा हेर्दा आँखा रसाएको बादी समुदायकी अभियन्ता देवीसरा बादीले बताउनुभयो ।

उहाँका अनुसार, “चलचित्र मेरो पनि कथा हो । मेरो आमाले पनि मलाई सङ्घर्ष गरेर पढाउनुभयो, मैले चलचित्र हेरिरहँदा आमालाई देखेँ । हरेक आमाछोरीले हेर्न पर्ने चलचित्र बनेको छ ।” उहाँले चलचित्रलाई लिएर समुदायले कुनै आपत्ति जनाउने ठाउँ नरहेको जनाउँदै चलचित्र हेरेर मात्र धारणा बनाउन आग्रह गर्नुभयो । चलचित्रले बादी मात्र नभई अन्य कुनै समुदायको भावनामा ठेस नपु¥याउने क्रिसा बादीले बताउनुभयो । ‘चलचित्रले मलाई मेरो आमाको पीडा र सङ्घर्ष महसुस गरायो । चलचित्र हेरिरहँदा म निकै रोएकी छु,” उहाँले भन्नुभयो ।

त्यस्तै बादी समुदायकै अभियन्ता सुमन बादीले चलचित्रबारे बाहिर सुनिएको हल्लामा कुनै सत्यता नरहेको बताउनुभयो । उहाँका भन्नुभयो, “चलचित्र बन्ने कुरा सुन्दा मैले पनि के कस्तो होला भन्ने सोचेकी थिएँ तर चलचित्रमा हाम्रो समुदायमा महिलाले गरेको सङ्घर्ष र त्यसको सफलतालाई चित्रण गरिएको छ । यसको मूल सन्देश नै तारिफयोग्य छ ।