04/07/2026, 19:51:39
मङ्गलबार, चैत २४, २०८२

लाउडादेखि सहकारी घोटालाका ठूलाठूला दोषीलाई कारबाही हुन्छ भन्नेमा ढुक्क छु : शाही


काठमाडौँ, चैत १९  गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले लाउडादेखि सहकारी घोटलाका ठूलाठूला दोषीलाई कारबाही हुन्छ भन्नेमा ढुक्क भएको बताएका छन् ।

साग बेचेर परिवार पाल्नेको रकम खानेलाई कारबाही हुनेछ भन्नेमा ढुक्क रहेको उनको भनाइ छ । उनले यस संसदमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङप्रति अलिक बढी नै विश्वास रहेको बताए । भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउन सरकारको पक्षमा उभिएको बताएका छन् । तर, गरिब निमुखाको रकम अपचलन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..