काठमाडौँ, चैत १९ गते । नेकपा एमालेले प्रतिनिधिसभाको पहिलो बैठकबाटै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई अविलम्ब रिहाइ गर्न माग गरेको छ ।
२१ फागुनपछि बिहीबार सुरु भएको संसदको अधिवेशनमा एमालेका सांसद गुरु बरालले फौजदारी कार्यविधिको गलत प्रयोग गरेर पक्राउ परेको भन्दै रिहाइको माग गरेका हुन् ।
‘हरेक नागरिकलाई सम्मानजनक बाँच्न पाउने हक हुन्छ । सरकारको ध्यान आकृष्ट गराउन चाहन्छ । जति घटना भएका छन् । संवैधानिक रूपले उचित छन् ? पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फौजदारी कार्यविधि १८१ र १८२ अनुसार गलत ढंगले प्रयोग गरिएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ,’ बैठक सुरु भएलगत्तै उठेर विरोध गरेपछि ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले समय दिएपछि उनले भने, ‘यसै घटनापछि देशभर प्रदर्शन, भएको छ । काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गर्दा सरकारले निर्मम दमन गरेको छ । हामी देश संविधानअनुसार चलोस् भन्ने चाहन्छौँ । यसैले ओली र लेखकलाई तुरुन्त रिहाइको माग र घाइतेको उपचार गर्न माग गर्छौं ।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
