पर्सा, चैत १३ गते । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगन्जस्थित टीबी शाह क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सुदूरपश्चिम प्रदेश टिम ७ विकेटले बिजयी भएको छ ।
प्रतिस्पर्धात्मक बनेको खेलमा उसले कोशी प्रदेश टिमलाई पराजित गरेको हो । सुदूरपश्चिमले टस जितेर कोशीलाई व्याटिङको निम्तो दिएको थियो । कोशीले ४३ ओवर ४ बलमा अलआउट हुँदै १ सय ३० रनको योगफल तयार गर्यो । जवाफी व्याटिङमा सुदूरपश्चिम १९ ओवर ५ बलमा ३ विकेटको क्षतिमा १ सय ३१ रन बनाई बिजयी भयो ।
कोशीका शिवान्स बजगाईले २५, सुमन श्रेष्ठले २४ र दिपेश कँडेलले २० रनको योगदान गरे । सुदूरपश्चिमका हेमन्त धामीले ९ ओवरमा २६ रन दिएर ४, किरन ठगुन्नाले १ ओवर ४ बलमा ३ रन दिएर २ र नारायण जोशीले ६ ओवरमा १४ रन दिई १ विकेट हात पारे ।
जवाफी व्याटिङ गर्दा सुदूरपश्चिमले १९ ओवर ५ बलमा ३ विकेटको क्षतिमा १ सय ३१ रन बनाई बिजयी भयो । उसका लागि खडक बोहराले सर्वाधिक ६६ रनको योगदान गरे । किरन ठगुन्नाले २५ र अभिषेक पालले १४ रन जोडे ।
कोशीका बलरहरुमा, विपिनकुमार महतोले २ र ज्ञानेन्द्र श्रेष्ठले १ विकेट हात पारे । सुदूरपश्चिमका हेमन्त धामी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
– शंकर आचार्य
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
