काठमाडौँ, फाल्गुन २१ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचन सफल हुन लागेको भन्दै आफु खुसी भएको बताएका छन्।
चितवनको भरतपुरमा महानगरपालिका–१४ शान्तिपुरको नेपाल पुलिस स्कुलमा रहेको मतदान केन्द्रबाट मत हालेपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यो सफल पार्ने सबैको जिम्मेवारी रहेको बताए।

‘मैले र मेरो नेतृत्वको पार्टीले निर्वाचन नै विकल्प हो, अरु छैन भनेर सुरु देखि भनेका थियौं,’ दाहालले भने, ‘आज हामी सन्निकट आएका छौं।’ ‘यो सामान्य मात्रै नभएर असमान्य निर्वाचन हुन गइरहेको छ। आज चुनाव सफल हुन लागेको छ। म खुसी छु,’ उलने थपे।
दाहालले सबै मतदातालाई सक्रियताकापूर्वक मतदानमा सहभागी हुन समेत आग्रह गरे।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
