काठमाडौँ, फाल्गुन १९ : प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले दिएको बिदामा पनि सर्वोच्च अदालत खुला हुने भएको छ । सरकारले फागुन २४ गतेसम्म लगातार सार्वजनिक बिदा दिएकोले बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइका लागि अदालत खुल्ला हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए ।
मतदानका दिन र शनिबारबाहेक यस अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सर्वोच्च अदालत खुला रहने उनले बताए ।
सरकारले चुनावका लागि २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ भने भोलिपल्ट २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेका छन्।
तर उक्त अवधिमा पर्ने मतदान हुने दिन र शनिबारबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहने जानकारी सर्वोच्च अदालतले गराएको छ।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!
