काठमाडौं, माघ २५ गते । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं विमानस्थलमा भव्य स्वागत गर्नको लागि राप्रपा र अन्य राजसंस्थावादीहरुलाई आग्रह गरेका छन् । पूर्वराजा शाह आगामी फागुन १ गते काठमाडौं आउने भएका हुन् । उनले देशलाई राजसंस्थाको छहारी चाहिने रहेछ भन्नेमा अब पूराना दलहरु पनि लगभग पुग्नै आँटेको बताएका छन् । फागुन १ गते उपत्यका वरिपरि र अझ सकिन्छ भने देशभरिका राप्रपा र अन्य राजसंस्थावादी समूहका साथीहरु सबैलाई एकदिनका लागि काठमाडौं उपस्थित् भईदिए स्वागत ऐतिहासिक हुने थियो भन्ने उनको धारणा छ ।
उनले लेखेका छन्–
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
