04/07/2026, 03:03:22
सोमबार, चैत २३, २०८२

पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधिसभा निर्वाचनमा नउठ्ने


काठमाडौँ, माघ ६ गते । पूर्वप्रधामन्त्री शेरबहादुर देउवा  आगामी प्रतिनिधिसभा निर्वाचन मा उम्मेदवार नहुने हुनुभएको छ ।

विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आउनुभएका उहाँ यसपटक भने उम्मेदवार नहुने उहाँको स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फ मुलुकभर मनोनयन दर्ता हुँदैछ ।