04/06/2026, 14:31:17
सोमबार, चैत २३, २०८२

मधेसबाट चुनावी यात्रा गर्दै रास्वपा, बालेनको उपस्थितिमा जनकपुरबाट सभा सुरु


काठमाडौँ, माघ १ : रास्वपा प्रवक्ता मनिष झाले मधेस प्रदेशबाट परिवर्तनको यात्रा शुभारम्भ हुने बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले माघ ५ गते जनकपुरधामबाट राजनीतिक सभा सुरु हुने जानकारी दिए । उक्त सभाको व्यवस्थापन सम्बन्धी तयारी भइरहेको पनि झाले बताए ।

प्रवक्ता झाले उक्त सभामा पार्टी सभापति रवि लामिछाने  र नेता बालेन्द्र शाहले सम्बोधन गर्ने जानकारी दिए। उनले भने, ‘यसपटक पार्टीका सभापति रवि लामिछाने र आगामी निर्वाचनपछि भावी प्रधानमन्त्रीका रूपमा अघि बढाउने प्रस्ताव गरिएको बालेन्द्र शाह सम्मिलित पहिलो राजनीतिक सभा हुँदैछ।

रास्वपाले बालेन्द्र शाहलाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री बनाउने प्रस्तावसहित निर्वाचनमा जाने निर्णय गरिसकेको छ।