10/05/2026, 12:34:27
सोमबार, असोज १९, २०८३

काठमाडौँ महानगरद्वारा १२ सामुदायिक विद्यालयको पूर्वाधार सुधारका लागि ६२ करोडभन्दा बढी बजेट


काठमाडौँ, साउन २७ गते । काठमाडौँ महानगरपालिकाले आफ्ना १२ वटा सामुदायिक विद्यालयको पूर्वाधार निर्माण, स्तरोन्नति तथा समग्र भौतिक सुधारका लागि आवश्यक खरिद प्रक्रिया अघि बढाएको छ ।

सहरी योजना आयोगले गरेको अध्ययनका आधारमा कुल रु ६२ करोड २८ लाख बराबरको बजेट विनियोजन गरी यो गुरुयोजना कार्यान्वयन गर्न लागिएको हो। लगानीलाई पारदर्शी र औचित्यपूर्ण बनाउन प्रत्येक विद्यालयको जिपिएस लोकेसन, विद्यार्थी र जग्गाको अनुपातका साथै बाढीजस्ता प्राकृतिक जोखिमको अवस्था अध्ययन गरेर मात्र बजेट तोकिएको कामपा शिक्षा विभागले जनाएको छ।

“सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी र समयको मागअनुसार बनाउन हामीले लगानी बढाएका छौँ, बालमैत्री सिकाइ, प्रविधिमा आधारित कक्षाकोठा, वातावरणीय सुधार र सजावट तथा प्रयोगात्मक अभ्यासका अवसरजस्ता सुविधा समान रूपमा उपलब्ध गराउने हाम्रो योजना छ ।”
– महानगर कार्यवाहक प्रमुख सुनिता डङ्गोल

File Photo
File Photo

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी र समयको मागअनुसार बनाउन बालमैत्री सिकाइ, प्रविधिमा आधारित कक्षाकोठा, वातावरणीय सुधार तथा प्रयोगात्मक अभ्यासका अवसर उपलब्ध गराउने महानगरको योजना छ।

प्रमुख विद्यालय तथा बजेट विवरण:

क्र.सं.विद्यालयको नामवडा नं.विनियोजित बजेटयोजना / कार्य
१पद्मोदय माध्यमिक विद्यालय२८रु १५ करोड ३५ लाख ७४ हजारभवन निर्माण
२अटिजम स्कुल२९रु १० करोड ९१ लाख ७९ हजार–
३कन्या माध्यमिक विद्यालय–रु नौ करोड ६२ लाख ५४ हजारछात्रावास तथा कक्षाकोठा निर्माण
४शान्ति विद्यागृह माध्यमिक विद्यालय२६रु आठ करोड ५७ लाख ४२ हजारभवन निर्माण
५जनविकास माध्यमिक विद्यालय१४रु पाँच करोड ६७ लाख ६८ हजार ८६२भवन निर्माण
६श्री कान्ति ईश्वरी राज्यलक्ष्मी आधारभूत विद्यालय२४रु पाँच करोड ५७ लाख ४९ हजार–
७दरबार हाई स्कुल–रु एक करोड ८३ लाख २९ हजारबहुउद्देश्यीय सभा कक्ष निर्माण
८महेन्द्र मावि बौद्ध–रु ८४ लाख १२ हजारमर्मतसम्भार