

काठमाडौँ,साउन २७ गते । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर तथा शिक्षण सिकाइ प्रक्रियालाई थप व्यावहारिक र प्रभावकारी बनाउने उद्देश्यका साथ काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले ‘स्रोत शिक्षक’ सँग कार्यसम्पादन करार सम्झौता गरेको छ।
विभागका प्रमुख नमराज ढकाल र स्रोत शिक्षकहरूबीच हस्ताक्षर भएको यो सम्झौता ‘स्रोत शिक्षक व्यवस्थापन कार्यविधि, २०८०’ तथा शिक्षा तथा स्वास्थ्य समितिको साउन २२ गतेको निर्णयका आधारमा सम्पन्न गरिएको हो।
सम्झौता अनुसार स्रोत शिक्षकहरूले आफ्नो कार्यक्षेत्रभित्रका विद्यालयको शिक्षण सिकाइ वातावरणमा सुधार ल्याउन मासिक तथा साप्ताहिक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ। साथै, महानगरको शैक्षिक नीति तथा कार्यक्रमहरूलाई विद्यालयस्तरमा प्रभावकारी रूपमा लागू गराउन सहजीकरण गर्ने, शिक्षकहरूको पेसागत विकासमा सहयोग पुर्याउने र विद्यालयमा देखिने समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी पनि उनीहरूलाई सुम्पिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























