

भैरहवा, जेठ १२ गते । तराई क्षेत्रमा बढ्दो अत्यधिक गर्मी र तातो हावाका कारण बुटवल आसपासका नदी तथा खोलामा शीतलता खोज्ने युवक-युवतीको भिड बढ्न थालेको छ । विशेष गरी तिनाउ नदी, चिडियाखोला, हेडबक्स, दोभान र झुम्सा क्षेत्र गर्मीबाट राहत लिने प्रमुख गन्तव्य बनेका छन् ।
जेठ लागेसँगै तापक्रम बढ्दै गएपछि विद्यालय, कलेज तथा कार्यालयको समय सकिए लगत्तै युवक-युवती समूह बनाएर नदी तथा खोलातर्फ जाने क्रम बढेको स्थानीयले बताएका छन् । सार्वजनिक बिदाका दिन तिनाउका विभिन्न घाट र खोँचमा मेला लागे जस्तै दृश्य देखिने गरेको छ ।


पाल्पाको माडी क्षेत्रबाट बग्दै आएको तिनाउ नदीको चिसो पानीले गर्मीले थलिएका बुटवलवासीलाई राहत दिने गरेको छ । सहरभरि ढलान र पिच सडकबाट निस्कने तातो वातावरणमा नदीको शीतल पानी युवापुस्ताका लागि प्राकृतिक विश्रामस्थल जस्तै बनेको छ ।
बुटवल कालिकापथका सुमित थापाले घरभित्र पङ्खा चलाउँदासमेत गर्मी सहन कठिन भएपछि साथीहरूसँग पौडी खेल्न तिनाउ नदीमा आएको बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































