काठमाडौँ, चैत २० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको अभियोगमा केशवबहादुर कार्कीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शुक्रबार अख्तियारले मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन कार्यालय प्रमुख स्वर्गीय केशबहादुर कार्की, खरिदार तेजनाथ पौडेल, खम्बु पासाङल्हामु मनमाया नेपालीविरुद्ध विशेष अदालत, काठमाडौँमा करिब २० लाख रुपियाँ बराबरको बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले प्रमुख कार्कीसहित तीन जनाविरुद्ध १९ लाख ९० हजार ५७५ बिगो दाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ का जग्गाधनी सुवोध नेपालीको उजुरीको आधारमा अनुसन्धान गर्दा सरकारी सम्पत्तिको दुरुपयोग गरेको देखिएपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार कार्कीसमेतले पदको दुरुपयोग गरी सरकारी कोषमा क्षति पुर्याएको र गैरकानुनी लाभ लिएको पुष्टि हुन आएकाले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा चलाइएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
