काठमाडौँ, फाल्गुन २१ : झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा काठमाडौं महानगरपालिकाका निर्वतमान नगर प्रमुख बालेन्द्र शाह (बालेन) चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको छ।
बिहीबार बिहान करिब साढे ९ बजे काठमाडौंबाट उडेको हेलि एभरेष्ट को 9N-AOB कलसाइन भएको हेलिकोप्टर झापातर्फ प्रस्थान गरेको थियो। तर, निर्धारित गन्तव्यमा अवतरण नगरी पुनः काठमाडौं फर्किएको स्रोतले जनाएको छ।

यसअघि काठमाडौंमा मतदान सम्पन्न गरेपछि बालेन चार्टर उडानमार्फत झापा जाने तयारीमा रहेको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीले दिएका थिए। सो दिन काठमाडौंबाट झापाका लागि कुनै नियमित हवाई उडान नरहेकाले चार्टरमार्फत यात्रा व्यवस्थापन गरिएको थियो। यसमा बालेनसहित ५ यात्रु थिए ।
– सुरज कुँवर
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
