पाख्रीबास, माघ २२ गते । धनकुटा नगरपालिका–४, छारागाउँ बरबोटेस्थित एक कच्ची घरमा आगलागी हुँदा पूर्णरुपामा जलेर नष्ट भएको छ । बिहीबार बिहान करिब करिब ९ः४० बजेबाट सुरुभएको आगोले घर पूर्णरुपमा जलेर नष्ट भएको हो ।
स्थानीय लोक बहादुर श्रेष्ठको गोठमा खोले पकाउने क्रममा अचानक आगो सल्किँएर टिन ढुङ्गा माटोले बनेको एक तले कच्ची घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
आगो धनकुटा नगरपालिकाको दुईवटा दमकल, नगर प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीहरूको सहयोगमा आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
