04/06/2026, 22:40:03
सोमबार, चैत २३, २०८२

चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु


बरहथवा, माघ ८ गते । धन्कौल गाउँपालिका–३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुर बस्ने १९ वर्षका चुनचुन रायको मृत्यु भएको हो ।

काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । प्रहरीका अनुसार रायको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्वामा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता राईको भनाइ छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..