04/08/2026, 02:23:57
मङ्गलबार, चैत २४, २०८२

आज बालाचतुर्दशी : पशुपति क्षेत्रमा शतबीज छर्दै श्रद्धालु


काठमाडौँ, मङ्सिर ३ : आज बाला चतुर्दशी अर्थात् शतबीज छर्ने दिन । हिन्दु धर्मावलम्बीहरूले मङ्सिरको कृष्ण पक्षको चतुर्दशीलाई विशेष रूपमा लिने गर्छन् ।

पितृउद्धारको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्नेको भीड लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर बुधबार बिहान उनीहरूले छतबीज छरेका हुन् । आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राति महाद्वीप बाली जाग्राम बसेर चतुर्दशीको बिहान शतबीज छर्ने चलन छ । शिवालयमा शतबीज छर्नाले मृत आत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वास गरिन्छ। आज बिहानै मृतकका आफन्तले शिवालयहरूमा शतबिज छर्ने गर्छन ।

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौँ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।

– केशब गुरुङ