

चितवन, भदौ २२ गते। चितवनको यातायात व्यवस्था कार्यालय भरतपुरबाट प्रवाह हुँदै आएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सर्वोच्च अदालतको परमादेशपछि डेढ महिनादेखि पूर्ण रूपमा बन्द भएको छ।
गत साउन १० गतेदेखि रोकिएको यो प्रक्रियाका कारण लिखित परीक्षाको पर्खाइमा रहेका तथा वर्ग थप गर्न चाहने ७ सयभन्दा बढी सेवाग्राहीहरू प्रत्यक्ष मर्कामा परेका छन्।
ट्रायल सेन्टर छनोटका क्रममा अपनाइएको मापदण्ड र टेन्डर प्रक्रिया सार्वजनिक खरिद ऐन विपरीत भएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले अघिल्लो बोलपत्र बदर गरी निष्पक्ष प्रतिस्पर्धा गराउन आदेश दिएपछि सेवा स्थगित गरिएको हो। हाल महालक्ष्मी ट्रायल सेन्टरसँग गरिएको ५ वर्षको सम्झौता अवधि बाँकी छँदै परीक्षा रोकिएपछि उक्त सेन्टरले आफूमाथि अन्याय भएको दाबी गरेको छ भने अर्कोतर्फ चितवन ड्राइभिङ स्कुलले अदालतको आदेशले न्याय मिलेको जनाएको छ।
यातायात व्यवस्था कार्यालय भरतपुरले भने अर्को व्यवस्था नभएसम्मका लागि प्रक्रिया स्थगित गर्नुपरेकोमा सेवाग्राहीहरूसँग क्षमाप्रार्थी हुँदै चाँडै नयाँ प्रक्रियामार्फत सेवा सुरु गर्ने तयारी भइरहेको जनाएको छ।
सर्वोच्चको आदेश अनुसार सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ को मापदण्डबमोजिम पुनः नयाँ बोलपत्र (टेन्डर) आह्वान गरेर मात्र लाइसेन्स परीक्षा सञ्चालन हुनेछ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























