06/12/2026, 17:21:30
शुक्रबार, जेठ २९, २०८३

अत्यधिक सामाजिक सञ्जालको प्रयोगले किशोर-किशोरीको मानसिक स्वास्थ्य उच्च जोखिममा


मेलबर्न, जेठ २९ गते । अस्ट्रेलियामा गरेको एक दशक लामो अध्ययनले दैनिक दुई वा दुइ घण्टा भन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर-किशोरीहरूले डिप्रेसन लगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेको पत्ता लगाएको छ ।

अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट (एमसीआरआई) ले शुक्रबार जारी गरेको विज्ञप्तिमा १२-१८ वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले एक वर्ष पछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको उल्लेख गरिएको छ । अष्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित यस अध्ययनले मेलबर्नमा ९ देखि १९ वर्ष उमेर समूहका करिब एक हजार २०० सहभागीको बिचमा अध्ययन गरेको जनाइएको छ ।

अध्ययनको लागि सन् २०२५ मा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्धलगाउनु अघि तथ्याङ्क सङ्कलन गरेको जनाइएको छ । अनुसन्धानकर्ताले उच्च स्तरको मानसिक स्वास्थ्य समस्या, अनलाइन दुव्र्यवहार लगायत सामाजिक सञ्जाल प्रयोग र हानिकारक अनलाइन सामग्रीको जोखिमले बढेको चेतावनी दिएको छ ।

अध्ययनका अनुसार यसको प्रभाव १२ देखि १३ वर्ष उमेर समुहका केटीमा सबैभन्दा बढी देखिएको थियो, भने दुवै लिङ्गमा उच्च जोखिम देखिएको थियो । अभ्ययनको निष्कर्षले प्रारम्भिक किशोरावस्थालाई बालबालिकाको जिवनको महत्वपुर्ण समयको रूपमा लिइ अध्ययन गरेको प्रमुख लेखक नन्दी विजयकुमार, एमसीआरआई र डीकिन विश्वविद्यालयका वरिष्ठ अनुसन्धान सहयोगीले बताउनुभएको छ ।

सह-लेखक, एमसीआरआई प्रोफेसर सुसान सायरले अध्ययनबाट आएका निष्कर्षले उमेर-उपयुक्त सीमाहरू, राम्रो डिजिटल साक्षरता कार्यक्रम, र मानसिक स्वास्थ्य जोखिम कम गरी अभिभावकको मार्गदर्शनलाई बलियो बनाउने बताएका छन् । अघिल्लो एम. सि. आर. आइ. अनुसन्धानले लगभग तीन चौथाई अस्ट्रेलियाली किशोर किशोरीले मानसिक रोग तथा चिन्ताको अनुभव गरेको जनाएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..