

वाशिङ्टन डीसी, जेठ १९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले प्रस्ताव गरेको १.८ अर्ब अमेरिकी डलरको ‘एन्टी–वेपनाइजेसन’ कोष स्थगित गर्ने तयारी गरेको समाचार सार्वजनिक भएको छ ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार सोमबार उक्त कोषको कार्यान्वयन रोक्ने निर्णय गरिएको संकेत मिले पनि ह्वाइट हाउसले औपचारिक रूपमा पुष्टि गरेको छैन । यो कोषलाई लिएर अमेरिकी संसदमा दुवै दलबाट विरोध भएको थियो। विशेषगरी ट्रम्पकै रिपब्लिकन पार्टीका केही सांसदहरूले पनि यसको आवश्यकता, खर्च र कार्यक्षेत्रबारे प्रश्न उठाएका थिए ।
गएको महीना ट्रम्प र आन्तरिक राजस्व सेवा (आईआरएस)बीचको सहमति अनुसार यो कोष खडा गरिएको थियो । न्याय मन्त्रालयले जारी गरेको कागजात अनुसार, १ अर्ब ८० करोड डलर बराबरको ‘कानुनी’ र सरकारी ‘हतियारीकरण’का पीडितहरूलाई भुक्तानीको रूपमा काम गर्ने योजना थियो । ट्रम्प आफैंले बारम्बार आफूलाई त्यस्तो पीडितको रूपमा चित्रण गरेका छन् । आफूलाई र आफ्ना सहयोगीहरूलाई अनुचित सरकारी अभियोजनको निशाना बनाइएको उनको दाबी छ ।
सोमबारको घोषणा हाउस स्पिकर माइक जोनसनसँगको भेटेपछि आएको हो । सो भेटमा जोनसन र ट्रम्पले यो कोषबारे रिपब्लिकनहरूको चिन्ताहरूबारे कुराकानी गरेका थिए ।
प्रस्तावित कोषको उद्देश्य संघीय निकायहरूलाई राजनीतिक हतियारका रूपमा प्रयोग हुन नदिन तथा सरकारी संस्थाहरूको निष्पक्षता सुदृढ गर्नु रहेको बताइएको थियो । तर आलोचकहरूले यसले अनावश्यक रूपमा सरकारी खर्च बढाउने र विद्यमान निकायहरूको काम दोहोरिने तर्क गरेका थिए ।
दलीय सीमाभन्दा बाहिर गएर भएको विरोधपछि ट्रम्प प्रशासनले योजनालाई तत्कालका लागि रोक्ने निर्णय गरेको अमेरिकी सञ्चारमाध्यमहरूको दाबी छ ।- एजेन्सी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































