

काठमाडौँ, वैशाख २३ गते । उच्च अदालत पाटनले ‘लाली बजार‘ चलचित्र प्रदर्शन रोक्न माग गर्दै दायर भएको रिटमा यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई खारेज गरेको छ । यसअघि अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको इजलासले दुवै पक्षको बहसपछि अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेको हो ।


यसअघि न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले कारण देखाउ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतले अन्तरिम खारेज गरेसँगै प्रदर्शनको बाटो खुलेको छ । अदालतको आदेश आएसँगै निर्माण पक्षले फिल्म वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएका छन् ।
वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्र प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन् ।
यम थापा निर्देशित फिल्म १८ वैशाखदेखि प्रदर्शनको तयारीमा थियो । षट्कोण आर्टस्ले निर्माण गरेको फिल्म वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित भएको निर्माण पक्षको दाबी छ ।


लालीबजार चलचित्रको ‘प्रिमियर सो‘ हुँदै थियो । अदालतले यसअघि नै कु्नै सम्प्रदायका मानिसहरूको मान-मर्यादा, इज्जत प्रतिष्ठा र आत्मसम्मानमा आघात पुग्ने कसैप्रति द्वेष वा वैमनस्य उत्पन्न गर्ने साम्प्रदायिक दुर्भावना फैलाउने जस्ता शब्द चित्रसहितका चलचित्रहरूको प्रदर्शन गर्नु नेपालको संविधान विपरीत हुने हुँदा संविधान र प्रचलित कानुन अनुसार भूमिका निर्वाह गर्न आदेश दिएको र लालीबजारको रिटमा पनि सोही अनुसार गर्न अल्पकालीन आदेश दिएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































