

कञ्चनपुर, भदाै २२ गते । कञ्चनपुरको दोधाराचाँदनीमा महाकाली नदी किनारमा टिकटक बनाउने क्रममा एक किशोरी नदीमा बगेर बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा दोधाराचाँदनी नगरपालिका–१० निवासी १५ वर्षीया सृष्टि सुनार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
सोमबार दिउँसो नदी किनारमा टिकटक भिडियो खिच्ने क्रममा उनी अचानक नदीको तीव्र बहावमा परेर बेपत्ता भएकी हुन्। घटना लगत्तै उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार बेपत्ता किशोरीको खोजी कार्य तीव्र पारिएको छ। यद्यपि, महाकाली नदीमा पानीको बहाव अत्याधिक र तीव्र रहेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































