

कैलाली, भदौ २२ गते । सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबिचको सहकार्यमा बनेको संयुक्त सरकारले प्रदेश सञ्चालनका लागि ४० बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ।
मुख्यमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता खगराज भट्ट र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबिचको सहमतिमा सार्वजनिक कार्यक्रममा ‘उत्पादन–स्वरोजगारी–आय’ लाई समृद्धिको मूल आधार मान्दै कृषि, उद्योग, पर्यटन, पूर्वाधार, स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र सुशासनलाई प्राथमिकता दिइएको छ।
मुख्यमन्त्री खगराज भट्टले प्रदेशमा व्याप्त बजेट शून्यता अन्त्य गर्दै भदौ मसान्तभित्रै ‘फास्ट ट्र्याक‘ बाट नयाँ बजेट ल्याउने दाबी गर्नुभएको छ। मन्त्रालयहरूलाई बजेट निर्माणका लागि आवश्यक मार्गनिर्देशन र नीतिगत निर्देशनको मस्यौदा तयार भइसकेको उहाँले जानकारी दिनुभयो। विगतको बजेटमा रहेका बेथिति समाधानका लागि निरन्तर गहन छलफल गरेर न्यूनतम साझा कार्यक्रम तयार पारिएकाले बजेट निर्माणमा केही दिन धेरै लागेको मुख्यमन्त्रीको भनाइ छ।
अघिल्लो सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित हुन नसकेपछि सुदूरपश्चिम प्रदेश सरकार साउन १ गतेदेखि बजेट शून्यता (बजेट होलिडे) को अवस्थामा रहेको छ। नयाँ सरकारले न्यूनतम साझा कार्यक्रममार्फत प्राथमिकता निर्धारण गरिसकेकाले अब शीघ्र बजेट ल्याएर प्रदेशको आर्थिक तथा विकास निर्माणका गतिविधि अघि बढाउने तयारी गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































