काठमाडौँ, भदौ २२ गते। २४ वर्षीय जोहेरी मोला डोमिनगेजले ७३ औँ मिस वर्ल्डको ताज जित्नुभएको छ।
शनिबार साँझ भियतनामको न्हा ट्राङमा आयोजित भव्य ग्रान्ड फिनालेमा विश्वभरका १११ प्रतिस्पर्धीलाई पछि पार्दै डोमिनगेजले यो उपाधि आफ्नो नाममा पार्नुभएको हो। उहाँलाई गत वर्षकी विजेता ओपल सुचाताले ताज पहिराउनुभयो। यो जितसँगै डोमिनिकन रिपब्लिकले ४४ वर्षपछि दोस्रो पटक मिस वर्ल्डको उपाधि हासिल गरेको छ।


प्रतियोगितामा स्पेनकी एलिजाबेथ रेयनेस अलाबर्न पहिलो रनरअप र मलेसियाकी तानुसिया चेट्टी दोस्रो रनरअप हुनुभएको छ। मलेसियाकी चेट्टीले बहुचर्चित ‘ब्युटी विथ अ पर्पस’ को उपाधिसमेत जित्न सफल हुनुभयो। यस्तै, नाइजेरियाकी करिबी जर्जले अफ्रिका महादेशतर्फ ‘टप मोडल’ र दक्षिण अफ्रिकाकी रोमान्डा होम्बिरले अफ्रिकाको महादेशीय विजेताको उपाधि हात पार्नुभयो।
यस वर्ष नेपालको तर्फबाट मिस नेपाल लुना लुइटेलले प्रतिस्पर्धा गर्नुभएको थियो। नेपाल हरेक वर्ष ‘ब्युटी विथ पर्पस‘ विधाको बलियो दाबेदार मानिए तापनि यस पटक भने कुनै उपाधि जित्न सकेन। भियतनाममा सम्पन्न ७३ औँ संस्करणपछि अब ७४ औँ मिस वर्ल्ड प्रतियोगिता तान्जनियामा आयोजना हुने आयोजकले जनाएको छ।


| स्थान (Placement) | प्रतियोगी (Contestant) | देश (Country) | उपाधि/पुरस्कार (Award) |
| विजेता | जोहेरी मोला डोमिनगेज | डोमिनिकन रिपब्लिक | मिस वर्ल्ड २०२६ |
| पहिलो रनर-अप | एलिजाबेथ रेयनेस अलाबर्न | स्पेन | पहिलो रनर-अप |
| दोस्रो रनर-अप | तानुसिया चेट्टी | मलेसिया | दोस्रो रनर-अप र ब्युटी विथ अ पर्पस |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































