

चितवन, भदौ २१ गते । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक रुपमा बन्द गर्ने भएको छ । तुइन खोलामा पहिरो रोकथाम तथा व्यवस्थापनको काम गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्न लागिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनाअनुसार, कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गर्दै तुइन खोला परियोजनाको माटो कटान तथा माथिल्लो भागमा झर्न सक्ने सम्भावित माटो पन्छाउने काम गरिने छ । कृष्णभीरको मर्मत सम्पन्न भई पूर्ण रूपमा सवारी नचलेसम्म यो कार्य जारी रहनेछ।
कामलाई सहजीकरण गर्नका लागि सवारीसाधन निश्चित समय तालिकाअनुसार मात्र सञ्चालन गर्न दिइनेछ ।
सवारी सञ्चालन हुने समय तालिका:
बिहान ८:०० बजे देखि ८:३० बजे सम्म
बिहान १०:३० बजे देखि ११:०० बजे सम्म
दिउँसो १:०० बजे देखि १:३० बजे सम्म
दिउँसो ३:५० बजे देखि ४:०० बजे सम्म
साँझ ६:०० बजे पछि
उल्लिखित समयबाहेक अन्य समयमा उक्त क्षेत्रमा सवारी साधन रोकेर पहिरो रोकथामको कार्य गरिने सूचनामा उल्लेख छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























